नेकपा कर्णाली प्रदेश कमिटीको पहिलो बैठक : सहइन्चार्ज कँडेलले किन गरे बहिष्कार ?

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक प्रदेश कमिटी सहइन्चार्ज यमलाल कँडेलले बहिष्कार गरेका छन् । 

प्रदेश कमिटीहरुले पूर्णता पाएसँगै सात प्रदेशमध्ये कर्णालीको पहिलो बैठक प्रदेश राजधानी सुर्खेतमा शनिवार बसेको थियो । 

सुर्खेतमा बैठक भइरहँदा प्रदेश सहइन्चार्ज काठमाडौंमा थिए । 

तत्कालीन एमाले संसदीय दलका नेता समेत रहेका कँडेलले प्रदेश कमिटीमा तत्कालीन एमालेबाट ८७ जनाको नाम सार्वजनिक हुँदा यसअघि कार्यदलले सिफारिस गरेका भन्दा बाहिरबाट मान्छे सहभागी गराइएकोमा असन्तुष्टि जनाएका थिए ।  

कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा र अध्यक्ष गोरखबहादुर बोगटीले बैठकमा उपस्थिति हुन आग्रह गरेका थिए । तर, उनले आफ्नो गुनासो केन्द्रसँग रहेको भन्दै बैठकमा सहभागी जनाएनन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?