काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस असफल भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समिकरण बनेको बताएका हुन् ।
त्यस्तै, उनले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन् । जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका छन् । उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग भएकाले त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया