काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका हुन् । उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए ।
उनले गठबन्धन कायम रहि रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए । उनले भने, ‘गठबन्धन कायम रहीरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल छ ।
त्यसकारण नयाँ शिराबाट हामीले जाने कुरा स्वाभाविक हो । निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरुसँग मत माग्नु स्वभाविक हो । हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौँ । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन । प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो ।
त्यहीअनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौँ ।’
उनले नेपाली कांगे्रसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार कांग्रेसले विश्वासको मत दिएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया