सभामुख मिसन फेल भयो, अब गठबन्धन टुटाउन मिसन राष्ट्रपति : चन्द्र भण्डारी

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गरे ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट पारे ।

उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अव यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादी सहित ४ वटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अव मिसन राष्ट्रपति पनि हुन्छ । मिसट गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि ।’

सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भईरहने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?