यी हुन् सभामुखको निर्वाचन प्रक्रियामा अनुपस्थित ५ सांसद

लोकपथ
35
Shares
sf7df8f}F, % df3M ;efd’v kbsf nflu dtbfg ;ª3Lo ;+;b ejg gofF afg]Zj/df laxLaf/ k|ltlglw;efsf ;efd’v kbsf nflu pDd]bjf/ b]j/fh l3ld/] dtbfg ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । संघीय संसदको सभामुख पदको निर्वाचन प्रक्रियामा ५ जना प्रतिनिधि सभा सदस्य उनुपस्थित भएका छन् ।

जसमा सांसदहरु वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राज भण्डारी र लक्ष्मी महतो कोइरी महतो रहेका छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभाको आजको बैठकमा २६८ सांसद मात्रै उपस्थित रहेका थिए । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका कारण निर्वाचन प्रक्रियामा भाग लिन कानुनले छेकेको छ । भने संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले सभा सञ्चालन गरेका कारण निर्वाचन प्रक्रियामा उपस्थित नभएका हुन् ।

आज भएको निर्वाचनमा १६८ मतसहित एमालेका देवराज घिमिरे सभामुखमा निर्वाीचत भएका छन् । यता नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा १०० मत र १ सांसद पक्ष विपक्षमा भाग लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?