काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन आगामी माघ ७ गते हुने भएको छ ।
संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले सभा सञ्चालन गर्दै सो बारेमा जानकारी गराएका छन् ।
त्यस्तै आजै उपसभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न समेत संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् ।
उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।
आज भएको निर्वाचनमा प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया