काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा उनको पक्षमा १६७ मत परेको थियो । त्यस्तै उनको विपक्ष अर्थात् नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा १०० मत परेको थियो । एक सांसदले प्रस्तावमा मत दिन्न भन्ने पक्षमा मतदान गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा आजको बैठकमा २६८ सदस्य उपस्थित रहेका थिए ।
नवनिर्वाचित सभामुख घिमिरे नेपालको संसदीय इतिहासका नवौँ सभामुख हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया