सभामुखमा स्वतन्त्र सांसद योगेन्द्र मण्डलको समर्थन एमालेका घिमिरेलाई

लोकपथ
49
Shares

काठमाडौं । स्वतन्त्र सांसद योगेन्द्र कुमार मण्डलले सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गरेका छन् ।

आज सभामुखको निर्वाचन प्रयोजनका लागि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मण्डलले सो कुरा बताएका हुन् ।

उनले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । आफ्नो भनाइ टुंग्याएर फर्किएका उनले पुनः रोस्टममा पुगेर आफ्नो समर्थन एमालेका घिमिरेलाई रहेको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?