सभामुखमा प्रभु साहले एमालेका देवराज घिमिरेलाई समर्थन गर्ने

लोकपथ
42
Shares

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गरेका छन् । आज सभामुखको निर्वाचन प्रयोजनका लागि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले सो कुरा बताएका हुन् ।

त्यस्तै उनलै सभामुख जस्तो सम्मानित पदका लागि दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुनेमा समेत जोड दिए ।

त्यसका साथै उनले हाल नेपालमा संसदीय व्यवस्था कर्मकाण्डी मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?