काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभामुखमा एमालेका देवराज घिमिरेलाई मतदान गर्ने भएका छन् । आज सभामुखको निर्वाचन प्रयोजनका लागि बसेको बैठकमा बोल्दै उनले आफूले घिमिरेलाई समर्थन गर्ने जानकारी गराएका हुन् ।
संसदलाई सम्बोधन गर्दै उनले संसद सधैँ सरकारको कठपुतली बन्दै गइरहेको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै सांसद सिंहले संसदले सांसदको कुरा नसुन्ने गरेको र अबको सभामुखले त्यसतिर ध्यान दिन सक्ने व्यक्त गर्ने बताए ।
संसद सरकारको कठपुतलि बन्दै गइरहेको छ ।’ उनले भने, ‘ संसदले सांसदको कुरा सुन्दैन ।’ त्यसैगरी सभामुख आफ्नो कार्यकाल सकिएपछि कुनै राजनीतिक दलमा नलाग्ने किसिमको हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया