डीएचआई र स्टाण्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग लिमिटेडबीच सम्झौता

लोकपथ
63
Shares

काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले सामाग्री उत्पादन र बिक्रीवितरण सम्झौता गरेको छ ।

डीएचआई छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको हो । नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको छ । कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्रीवितरण गर्न थालेको हो ।

नेपालमा आफ्नो व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्रीवितरण गर्नको लागि ताईवानको स्टाण्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग लिमिटेडलाई टेक्नोलोजी पार्टनरको रुपमा सहकार्यको सम्झौता गरेको छ ।

डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्न सम्झौता पश्चात् विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?