राष्ट्रिय जनमोर्चाले सभामुखमा कांग्रेसकी न्यौपानेलाई समर्थन गर्ने

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने भएको छ ।

आज सभामुखको निर्वाचन प्रयोजनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चित्रबहादुर केसीले आफ्नो समर्थन न्यौपानेलाई रहेको जानकारी गराएका हुन् ।

त्यसका साथै कांग्रेस सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्छु भन्न नमिल्ने समेत बताए । त्यस्तै उनले बैठकलाई सम्बोधन गर्दै केसीले शासन र सत्ताका लागि नेताहरुले आफ्नो शिद्धान्त बिर्सिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?