काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिने दललाई सर्वदलीय बैठकमा नबोलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारलाई विश्वासको मत नदिएको कारण आफूलाई सर्वदलीय बैठकमा नबोलाइएको भन्दै आक्रोश व्यक्त गरे ।
त्यस्तै सभामुखको उम्मेदवारले आफूसँग मत नमागेको गुनासो समेत गरे ।
साथै विभिन्न राजनीतिक घटनाक्रमका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया