सिभिल मलमा एक पुरूषले आफैंलाई पेट्रोल छर्किएर लगाए आगो

लोकपथ
322
Shares

काठमाडौं । एक जना पुरूषले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका छन्।

काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा विशान लामिछाने गुरुङले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले लोकपथलाई जानकारी दिए।

‘११:४० बजेतिरको घटना हो । ड्यिूटी मै रहनुभएका हाम्रा डिएसपी घटनास्थलमै रहेकाले उनलाई उद्धार गरेर अस्पताल पठाउनु भएको छ ।’ एसपी मैनालीले भने ।

उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?