यो संसदले सम्पूर्ण भ्रष्टाचारको छानबीन गरोस् : सांसद शाही

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले वर्तमान संसदले यसअघि भएका अनेकन भ्रष्टाचारको छानबीन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले भ्रष्टाचार, वैदेशिक रोजगारमा जान बाध्य बनाइएका युवाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिएको भन्दै उनले नयाँ सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताए ।

शाहीले भने, ‘सभामुखहरुमा आफूलाई चयन गरेको, सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गर्ने प्रवृत्ति देखिएको छ । अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैैनौं र सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।’

अगाडिका कालखण्डमा देखिएका जस्ता काण्ड अब संसदले भोग्न नपरोस् भन्दै उनले नागरिकको पीरमर्काका विषय उठाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?