मधेश आन्दोलनमा मृत्यु भएकाको सम्झनामा सीके राउतले अकस्मात गराए एक मिनेट मौनधारण

लोकपथ
98
Shares

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतले मधेश आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा संसदमा अकस्मात मौन धारण गराएका छन् ।

बिहीबार सभामुखको निर्वाचन प्रयोजनका लागि बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न रोस्टममा पुगेका राउतले अकस्मात मौन धारणको लागि आह्वान गरेका थिए ।

सरकारले अन्य समयमा भएका आन्दोलनमा मारिएकाहरुको सम्झनामा मौन धारण र सम्मान गरे पनि मधेश आन्दोलनमा मारिएकाहरुको विषयमा सरकारले सम्मान व्यक्त नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

आज माघ ५ गते मधेश आन्दोलनको शुरुवात भएको दिन र त्यसमा मारिएकाहरुको सम्झनामा मौन धारण गर्नका लागि उनले आह्वान गरे । सो क्रममा केही मन्त्रीले उठेर मौनधारण गरे पनि प्रधानमन्त्री र केही मन्त्री भने उठेनन् । प्रतिपक्षी कांग्रेसका सांसद, मधेशबाट जितेका सांसद भने उठेका थिए ।

राउतले लामो समयदेखि मधेश आन्दोलन र मधेशका मुद्दाका विषयमा खरो बोल्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?