गृहमन्त्री लामिछानेलाई खतिवडाको प्रश्न–‘हत्या अभियोग लागेकाले निर्वाचनमा भाग लिन पाउँछन् ?’

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले हत्यामा अभियोग लागेका सांसद पनि संसद बैठकमा सहभागि रहेको भन्दै सभामुख निर्वाचनमा भाग लिन पाउने वा नपाउनेबारे निर्णय गर्न माग गरेका छन् ।

खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै भने, ‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी उहाँ यहाँ हुनुहुन्छ वा हुँदैन भन्ने चिन्दैनौं । यदी हुनुहुन्छ भने, उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने भन्ने निर्णय गरेर मात्र सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

ज्यान मुद्दामा ‘फरार अभियुक्त’ भनिएका सांसद लक्ष्मी महतो बैठकमा सहभागी भएको भन्दै उनले आपत्ति जनाएका हुन् । महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ । र उनी अझै फरार अभियुक्तको सूचीमा छन् ।

जसपामा रहेका महतो मंसिर ४ को निर्वाचनको मुखमा एमाले प्रवेश गरी महोत्तरी १ बाट निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?