काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले पिंजडामा राख्न खोजेको आरोप लगाएको छ ।
संसदको बैठकमा आफ्नो दलका तर्फबाट सभामुखका उम्मेदवार बनाइएका ईश्वरी न्यौपानेलाई मत माग्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको प्रतिवाद गरे ।
बैठकमा उनले भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन । तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ।’
प्रधानमन्त्री दाहाललाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाउँदै सत्तामा नखेल्ने चेतावनी दिएका थिए ।
शर्माले प्रश्न उठाउँदै भने, ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ।’
शर्माले राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसको दाबी रहेको पनि प्रष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया