३ भाद्र २०७९, शुक्रवार

विद्यालय भवन पुनःनिर्माण

२०७४,कार्तिक,५,आईतवार ०८:१३

0
Shares

बाबियाचौर, म्याग्दी, ५ कात्तिक ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ ।रु एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिए ।दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग मैत्रीसमेत छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ र सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ ।भवन निर्माणका लागि घारका टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काले रु सोह्र लाख नौ हजार सहयोग गरेका छन ।खड्का परिवारले दोस्रो तलामाथि दुई कोठे ट्रस भवन बनाउन थप रु १५ लाख सहयोगको घोषणा गरेका व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबहादुर खड्काले बताए । उनीहरुले रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउएका थिए ।जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो ।जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको अध्यक्ष बरुवालले बताए । विद्यालयका पूर्व विद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गरेका छन ।सरकारी निकायको अनुदान पर्याप्त नभएको अवस्थामा स्थानीयस्तरबाट थप आर्थिक स्रोत जुटाइ कक्षा कोठा निर्माण गर्न उदाहरणीय काम भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०८:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१