संसदलाई प्रभावकारी बनाउन घिमिरेलाई मतदान गर्न पाण्डेको आग्रह

लोकपथ
14
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उनले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेका हुन् । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन उनलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्कसमेत गरे ।

उनले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक्त भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिनका लागि समर्थन गरेको पनि पटकपटक दोहो¥याए । प्रमुख सचेतक पाण्डेले भने, ‘हामी नेपालको सुशासन, समृद्धिका साथ अव सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यामबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अव नेपालको समृद्धि, राष्ट्रिय स्वाधिनताको रक्षाका साथ अगाडि बढनुपर्ने जो दायित्व छ ।

त्यसका लागि यो सदनमा अव हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौँ । त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम छन् । त्यसैले उनलाई यस सदनको नेतृत्वको रुपमा सभामुख पदमा यहाँ भएका सबै दलहरु, स्वतन्त्र माननीयज्यूहरु सबैले उहाँको पक्षमा मतदान गरिदिने हुनेछ ।

त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत् सम्पूर्ण माननीयज्यूहरुलाई अनुरोध गर्दछु ।’ प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकतावद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?