राष्ट्र बैंकद्धारा १० वटा संस्थालाई कारबाही

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तोकिएको मापदण्ड पूरा नगरेको आधारमा क्षेत्रीयस्तरका ६ वटा विकास बैंक र ४ वटा फाईनान्स कम्पनीहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट, सप्तकोसी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र कर्णाली विकास बैंक रहेका छन् । जसमध्ये कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा नगद जरिवाना गरिएको राष्ट्र बैंकको भनाई छ ।

यसैगरी साल्पा र कर्णालीलाई भने विपन्न वर्गमा तोकिएको कर्जा प्रवाह नगरेकाका आधारमा कारबाही गरिएको राष्ट्र बैंकको भनाई छ । फाईनान्स कम्पनीतर्फ भने नेपाल फाईनान्स, जानकी फाईनान्स र समृद्धि फाईनान्सलाई तोकिएको निक्षेप अनुपात कायम नगरेको भन्दै कारबाहीस्वस्रुप नगद जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी प्रोग्रेसिभ फाईनान्सको हकमा भने अनिवार्य नगद मौज्दात कायम नगरेको आधारमा कारबाही गरिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?