काठमाडौं । नेपाल मजदूर किसान पार्टीले नेपाली कांग्रेसको प्रमुख विपक्षी दलको हैसियतमा बस्न नपाउने बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने बताएका हुन् ।
सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकोले संघीय कानून बमोजिम नेमकिपा नै विपक्षी दल भएको ध्यानाकर्षण गराएका छन् ।
उनले संसद्को अधिकार सर्वोच्चमा पठाउन नहुने भन्दा संसद्ले बनाएको कानून आफैं उल्लंघन गर्न नमिल्ने बताए ।
उनले शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा नराख्न समेत संसदको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया