हवाइ सुरक्षाबारे सरकार गम्भीर छ : पर्यटनमन्त्री किराती

लोकपथ
0
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा हवाइ दुर्घटना हुन नदिन सरकार गम्भीर रहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै घटनाको निष्पक्ष छानबिन गर्न सरकार तप्पर रहेको समेत बताए ।

मन्त्री किरातीले भने, ‘यस्तो घटना दोहोरिन नदिन मैले कडा निर्देशन दिइसकेको छु ।’

त्यसका साथै विमान दुर्घटनापछि बनेको छानबिन आयोगलाई सहज रुपमा काम कारबाही गर्न दिइने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?