काठमाडौं । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा रुलिङको माग गरेका छन् । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै सचेतक लेखकले रुलिङको माग गरेका हुन् ।
‘सरकार सदनका प्रति उदाशीन, पीडित परिवारप्रति निरपेक्ष र जनताका प्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सभामुखमार्फत सरकारलाई रुलिङ गरियोस् । सरकारले त्यस विषयमा सदनलाई तत्काल जानकारी गरावस् । सरकारले सदनमार्फत् जनतालाई आश्वस्त पारोस् ।’उनले भने ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आजको कार्यसूची स्थगित गरेर भएपनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया