काठमाडौं । बिहीबार (आज) प्रतिनिधि सभा बैठक बस्दैछ ।
आजको बैठकमा सभामुखको निर्वाचन हुँदैछ ।
संघीय संसद सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।
कार्यसूचीको पहिलो नम्बरमा संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया शुरु हुनेछ ।
सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने प्रतिष्पर्धामा रहेका छन् ।
बिहान ११ बजेको लागि बोलाइएको बैठक केही बेरमा शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया