पर्यटनमन्त्री किरातीद्वारा विमानस्थलको अनुगमन

लोकपथ
14
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् ।

बिहीबार बिहान पर्यटनमन्त्री किराती विमानस्थल पुगेर अनुगमन गरेका हुन् ।

सो क्रममा उनले विमानस्थलको शौचालयहरु सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित राख्न निर्देशन समेत दिएका छन् ।

केही दिनअघि अभिनेत्री उषा रजक विमानस्थलको ट्रयाबलेटरमा अड्किएर लडेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन् । त्यसपछि चौतर्फी आलोचना समेत भइरहेको छ ।

सोही क्रममा मंगलबार मन्त्रीको शपथ लिएपछि मन्त्री किरातीले विमानस्थलको अनुगमन गरेका हुन् । साथै केही दिनमा पनि विमानस्थलको अनुगमन गर्ने उनले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?