एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।

ओली निवास बालकोटमा उनीहरूबीच भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?