वर्षमानलाई भेट्न पर्यटनमन्त्री किराती र पूर्वप्रधानमन्त्री नेपाल सुमेरुमा

लोकपथ
42
Shares

काठमाडौं । पर्यटनमन्त्री सुुदन किराती र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) लाई अस्पताल भेट्न पुगेका छन् ।

बुधबार दिउँसो मन्त्री किराती र पूर्वप्रधानमन्त्री नेपाल ललितपुरस्थित सुमेरु अस्पताल पुगेका हुन् ।

नेता पुन केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत रहेका छन् ।

वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहेका नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा युवराज शर्माले अहिले उनको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?