१४ जेष्ठ २०८०, आईतवार

नेपालमा कस्तो छ पछिल्ला दिनहरुमा कोरोनाको अवस्था ? (विवरणसहित)

२०७९,माघ,४,बुधबार १७:०७

63
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार २ सय ९७ कोरोना परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १ हजार ६८ पीसीआर र १ लाख ५२ हजार २ सय १९ एन्टीजेन संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै हाल नेपालमा ३२ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यसो हालसम्म नेपालमा कोरोना संक्रमणको कारण १ हजार २ सय २० जनाको मृत्यु भएको छ । यद्यपि पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाको कारण मृत्यु भएको छैन ।

प्रकाशित मिति: २०७९,माघ,४,बुधबार १७:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९१ जनाको नमुना

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरस विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घन्टामा गरिएको ८ सय ४४

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९