विश्वप्रकाशको दाबी : ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुन्छ’

लोकपथ
525
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले चाहेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरेका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले नेपाली कांग्रेसले नै प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिको रुपमा आउने दाबी गरेका हुन् ।

‘नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनेछ ।’ महामन्त्री शर्माले भने ।

त्यसैगरी नेपाली कांग्रेसको भूमिकाका विषयमा भने पार्टीले संसदीय राजनीतिमा शालिनता देखाएको उनले दाबी गरे ।

‘नेपाली कांग्रेस पार्टीको भूमिका सबैले देखिनुहुन्छ । केही कमजोरी गरेको भए त्यो पनि देखिनेछ ।’ उनले भने ।

अहिले सभामुखको निर्वाचनपछि मात्रै राष्ट्रपतिको विषयमा पार्टी लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?