युवाहरुको संघर्षमा आधारित ‘जीन्दगी’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
5.1k
Shares

काठमाडौं । कमलमान सिंहको शब्द र संगीतमा रहेको ‘जीन्दगी’ सार्वजनिक भएको छ ।

मंगलबार कमलमानसिंह नामक यूट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

जसको मुख्य भूमिकामा ईन्जिनियर सहदेव चन्द रहेका छन् । त्यस्तै मिग्मा डेबिड शेर्पा र संज्ञा श्रेष्ठको समेत भूमिका रहेको छ ।

गीतको मुख्य पात्रमा देखिएका शेर्पा एक नेपाली पर्वतारोही र उद्धार आरोही हुन्। शेर्पाले ८ हजार भन्दा अग्लो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा पर्वतारोहीको किर्तीमान समेत राखेका छन् । उनले सगरमाथा र माउन्ट केटू सबैभन्दा छोटो समयमा आरोहण गरि गिनिजबुक अफ वर्ल्डमा नाम लेखाएका छन् ।

‘जीन्दगी’ नाम दिइएको उक्त गीतमा एक युवाले आफ्नो सपना पूरा गर्नका लागि सबै दुख पीडालाई भुलेर रमाएको कथालाई देखाइएको छ । त्यसका साथै गीतमा मिठास ढंगले प्रेमलाई समेत व्यक्त गरिएको छ ।

मुख्य भूमिकामा देखिएका ईन्जिनियर चन्दले सो गीतले युवाहरुको कथा बोलेको बताउँछन् । आफ्नो विविध समस्याकाबीच आफूले देखेको सपना पुरा गर्नका लागि निरन्तर लागिपर्ने युवाहरुको कथा जीन्दगी रहेको उनी बताउँछन् ।

हालसम्म १ हजार ८ सय भन्दा बढी पटक हेरिएको उक्त गीतमा सकारात्मक प्रतिक्रिया समेत आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?