काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको शिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मुल नीतिका विषयमा व्यापक छलफल गर्ने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टिको दस्तावेज मस्यौदा समितिले आयोजना गरेको कार्यक्रममा ती विषयमा छलफल गर्न १३ सदस्यीय समिति समेत गठन गरिएको छ ।
पार्टीका सम्मानित नेता झलनाथ खनालको संयोकत्वमा गठित समितिको सदस्यहरुमा केशवलाल श्रेष्ठ, बेदुराम भुसाल, जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, साबित्रा भुसाल र गणेश बिक लगायत रहेका छन् ।
समितिले पार्टीको शिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक ,सांस्कृतिक मुल नीतिहरु, कार्यक्रम र पार्टी निर्माणको मुल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने र आवश्यक विधिद्वारा पारित गरि कार्यान्वयन गरिने बताइएको छ ।
आजको कार्यक्रममा विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न फाटका इन्चार्जहरु र जन संगठनका अध्यक्ष र महासचिवहरुको समेत उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया