कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखमा दिइन् उम्मेदवारी

लोकपथ
21
Shares

काठमाडौं। प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं समानुपातिक सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दिएकी छन् । बुधबार न्यौपाने उम्मेदवारी दर्ताका लागि सवा ३ बजे संसद भवन पुगेकी हुन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । कांग्रेसले आजै न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसअघि सत्ता गठबन्धनबाट एमालेका सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

सभामुख चयनका लागि अपराह्न १ देखि ४ बजेसम्म संघीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?