कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित

लोकपथ
52
Shares

काठमाडौं । कर्णाली प्रदेशको उपसभामुखमा प्रदेश सभा सदस्य यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

उनी नेकपा माओवादी केन्द्रबाट उपसभामुख बनेकी हुन् ।

बुधबार दिउँसो प्रदेशसभामा भएको निर्वाचनमा उनी २४ मतसहित निर्वाचित भएकी हुन् ।

उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ ।

कर्णाली प्रदेश सभामा ४० सदस्य रहेका छन् । उनको विपक्षमा १४ मत परेको थियो भने १ सांसद तटस्थ बसेका थिए ।

न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एकरएक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

नवनिर्वाचित कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?