काठमाडौं । सभामुख र उपसभामुखको निर्वाचनबारे नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग छलफल गरेको छ ।
बुधबार दिउँसो कांग्रेसले सरकारलाई विश्वासको मत दिएपनि सरकारमा सहभागि नभएका अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेको हो ।
कांग्रेस संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्तिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेको हो ।
कांग्रेसले भोलि हुने सभामुखको निर्वाचनका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।
यता अन्य राजनीतिक दलहरुसँग समेत छलफल गरी समर्थन जुटाउने तयारीमा कांग्रेस रहेको छ ।
यता नेकपा एमालेबाट देवराज घिमिरेले सभामुखको लागि उम्मेवारी दिएका छन् ।
भोलि सभामुखको निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया