हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १८ को मृत्यु

लोकपथ
221
Shares

काठमाडौं । युक्रेनमा हेलिकप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्यहाँको आन्तरिक मामिला मन्त्रीसहित १८ जना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालयनजिकै हेलिकप्टर खस्दा तीन बालबालिकाको पनि मृत्यु भएको छ । घटनामा १० बालबालिकासहित २२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

हेलिकप्टरमा मन्त्री डेन्नी मोनास्टेरिस्कसहित ८ जना रहेको बताइएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षक–कर्मचारीलाई सुरक्षितस्थानमा सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?