मधेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

लोकपथ
26
Shares
kbef/ u|x0f ub}{ dx]G›gu/ wg’iff k’; @( M dw]; k|b]zsf gjlgo’Qm d’VodGqL ;/f]hs’df/ ofbjn] kbef/ u|x0f ub}{ . tl:a/ M lg/~hgs’df/ ;fx÷/f;;

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने बताएको छ । प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले जसपा नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए । सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

यसअघि बुधबार बिहानै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग धुम्बाराहीमा भेट गरेका थिए । भेटमा उनले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका यादवलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?