काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवार नबनाउने बताएका छन् ।
उनले बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटपछि सो प्रतिक्रिया जनाएका हुन् ।
देउवासँगको भेटघाटपछि अन्य संवैधानिक पदहरुमा मिलेर जाने सहमति भएको समेत बताए ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सभामुख र राष्ट्रपतिमा कांग्रेससँग मिलेर जान सकिने संकेत गरेका थिए । त्यससँगै देउवाले बुधबार बिहान नेपालसहित जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।
सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने र राष्ट्रपति वा सभामुखमा सहमतिका आधारमा भागबण्डा मिलाउने तयारीमा रहेको छ । तर यद्यपी अहिलेसम्म कसलाई राष्ट्रपति र सभामुखमा उठाउने भन्ने छलफल भने गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया