जसपा संसदीय दलको बैठक आज पनि बस्दै

लोकपथ
7
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।

आजको बैठक सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?