सभामुख निर्वाचनबारे कांग्रेसले आन्तरिक छलफल गरेर भोलिसम्म निर्णय गर्ने

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आह्वानमा सर्वदलीय बैठक बसेको हो । बैठकमा राष्ट्रपति, उपराष्टपति सभामुख र उपसभामुखमा निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक सहभागि छन् । त्यसैगरी एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागि भएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने दाहालको कुरा राख्यौँ ।

कांग्रेसले सत्ता साझेदारसँग बैठकमा सकारात्मक कुरा भएको जनाएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार राष्ट्रपति, उपराष्टपति सभामुख र उपसभामुखमा सहमति हुन सक्छ कि भनेर प्रधानमन्त्रीले कुरा राखेको बताए । उनले भने, हामीले प्रधानमन्त्रीले चाहानुहुन्छ बने तयार छौ भन्यौँ । आज कुनै सहमति भएको छैन ।

सभामुखमा उम्मेदवारीबारे आज वा भोलि हाम्रो आन्तरिक बैठक बस्छ । भोलि सभामुखको उम्मेदवारी दर्ताको समय छ । सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफू प्रमुख विपक्षी दलको नेताकै हैसियतमा आएको बताएका थिए । उनले सभामुखको निर्वाचनमा भाग लिनेबारे आन्तरिक छलफल गरेर भोलिसम्म निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?