मधेश प्रदेशको सभामुखमा मण्डल निर्वाचित

लोकपथ
91
Shares
???? ??????????? ??????? ???????? ????????? ????? ?????? ????????? ????? ????????? ??????? ? ?????? ?????? ????? ???, ???? 

काठमाडौं । मधेश प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गरे । उनको विपक्षमा २९ मत परेको छ । यसअघि उनी नेकपा (एमाले) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

मण्डललाई नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।

सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा रहेका थिए। उनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो । बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ । त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको निर्वाचन गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेशसभालाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?