काठमाडौं । सरकारलाई समर्थन दिएर मन्त्रालयको भागबण्डा पाए पनि सिके राउत नेतृत्वको जनमत पार्टीले असन्तुष्टि जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा दाबी गरिरहेको जनमतको भागमा खानेपानी मन्त्रालय पाएपछि मन्त्री बनेका अब्दुल खान शपथग्रहण समारोहमा गएका छैनन् ।
प्रधानमन्त्रीसँग उद्योग मन्त्रालयबारे सहमति भए पनि आफूहरुलाई जानकारी नै नगराइ मन्त्रालय परिवर्तन पाएको भन्दै मन्त्री शपथग्रहणमा नगएका हुन् । जसको कारण सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने की भन्ने मनसायमा जनमत पुगेको स्रोतले जनाएको छ ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बसे पनि अध्यक्ष राउत बैठकमा समेत गएका छैनन् ।
केन्द्रमा ६ र प्रदेशमा १३ सिट पाएको जनमतले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई सघाएर जाने तयारीमा थियो । तर प्रधानमन्त्रीले धोका दिएको भन्दै जनमतले दुवैतिरबाट अलग रहने तयारीमा छ ।
केन्द्रमा पूर्व सहमति अनुसार उद्योगमन्त्री दिएर सरकारले निर्णयमा पुनर्विचार गरेमा सरकारमा जाने अन्यथा सरकारलाई दिएको समर्थनबाट बाहिरिने संकेत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया