बैंक तथा फाईनान्स कम्पनीलाई संशोधित ब्याजदर रिर्पोटिङ गर्न परिपत्र

लोकपथ
26
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले संशोधित ब्याजदरको सात दिनभित्र रिर्पोटिङ गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी एवं पूर्वाधार विकास बैंकको नाउँमा छुट्टाछुट्टैरुपमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

पूर्वाधार विकास बैकको नाउँमा जारी गरिएको परिपत्र अनुसार ब्याजदर संशोधन गरेको ७ दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी विवरण राष्ट्र बैंकको सुपरीवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने छ । परिपत्र अनुसार इजाजतपत्रप्राप्त संस्थाले महानगरपालिका र उपमहानगरपालिकामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।

शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टरसम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरीवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ । परिपत्र अनुसार दैनिक तरलता विवरण अर्को कार्य दिनको मध्याह्न १२ः०० बजेसम्म र अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरीवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मार्फत यस बैंकमा पठाउनु पर्नेछ ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथ्यांक तथा जानकारीहरु सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मा तोकिए बमोजिमका रिटर्नहरु तथा तथ्यांक र विवरणहरु निर्धारित समयावधिभित्र यस बैंक समक्ष पठाउनुपर्नेछ ।

यो व्यवस्था बमोजिम २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरीवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्नेछ । सम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नु पर्नेछ ।

राष्ट्र बैंकको संचालक समितिबाट स्वीकृत कार्ययोजना बमोजिम सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) कार्यान्वयनको लागि निर्देशन जारी गर्न आवश्यक देखिएको परिपत्रमा उल्लेख छ ।

कुन मितिदेखिका रिर्टनहरु बैंक तथा वित्तीय संस्थाहरुले सुपरिवेक्षकीय सूचना प्रणालीमा समेत अनिवार्यरुपमा तथ्यांक र विवरणहरु पठाउनु पर्ने स्पष्ट पार्न आवश्यक देखिएको हुँदा यो परिपत्र जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?