विमान दुर्घटना : अज्ञात रहेका २ जना मध्ये एक जनाको शव भेटियो

लोकपथ
105
Shares

काठमाडौं । पोखराको सेती खोचमा विमान दुर्घटनामा अज्ञात रहेका २ जना मध्ये एक जनाको शव भेटिएको छ । दुर्घटनाको तेस्रो दिन आज सेती नदीको पानी घटाएसँगै १ जना महिलाको शव भेटिएको कास्कीका साहेक सिडिओ अनिलकुमार शाहीले जानकारी दिए ।

‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब एक जनाको खोजीकार्य भइरहेको छ,’ शाहीले भने । भेटिएको शवको पहिचान हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?