काठमाडौं । संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रम अनुसार माघ ४ गते बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।
त्यस्तै, माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया