काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले कार्यभार सम्हालेका छन् ।
मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर विभिन्न सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।
उनल हरेक आधा घण्टामा झोलुंगे पुल निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
उनले तीन वर्ष भित्र निर्माण सक्नेगरी हरेक आधा घण्टामा नदी तर्नका लागि झोलुंगे पुल निर्माण गर्ने बताए ।
उनले निर्णयमा हस्ताक्षर गर्ने बेला पण्डितले मन्त्रोच्चारण गरेका थिए ।
नवनियुक्तमन्त्री पाण्डेले आफूलाई सो मन्त्रालयको समस्याबारे थाहा भएका कारण काम गर्न सहज हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया