राष्ट्रिय रोजगार नीति ल्याउने निर्णयसहित श्रममन्त्री अर्यालले सम्हाले कार्यभार

लोकपथ
63
Shares

काठमाडौं । नवनियुक्त श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले पदभार ग्रहण गरेका छन् ।

मंगलबार दिउँसो राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेसँगै नवनियुक्त मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्दै क्रममा राष्ट्रिय रोजगार नीति ल्याउने निर्णय गरेका छन् ।

नवनियुक्त मन्त्री अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?