काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर खनालले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्री खनाल गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाबाट निर्वाचित भएका हुन् ।
उनी लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया