एउटै मन्त्रालयमा दुई पार्टीका मन्त्री

लोकपथ
462
Shares

काठमाडाैं । पर्वत जिल्लाबाट दोस्रोपटक निर्वाचित नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । उनले आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन । शपथ पछि उनले आफ्नो मन्त्रालयमा गएर कार्यभार सम्हालीसकेका छन् ।

नेकपा एमालेका गिरी पर्वतबाट केन्द्रीय मन्त्री बन्ने पहिलो सांसदसमेत बनेका छन् । गीरी भन्दा अघि पर्वतबाट कोही पनि संघीय सरकारको विभागीय मन्त्री बनेका थिएनन् ।

त्यस्तै, सरकारमा सहभागी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । चिकित्सा क्षेत्र सुधारको अभियन्ताको रुपमा आफूलाई अगाडी सारेकी डा. कार्की प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेत्रित्वको मन्त्रिपरिषदको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी हुन् ।

एउटै मन्त्रालयमा दुई पार्टीका मन्त्री

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेकपा एमालेका पदम गिरी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा.तोसिमा कार्की नियुक्त भएकी छिन् ।

सामान्य तया मन्त्रालय र उक्त मन्त्रालयको राज्यमन्त्रीमा एकै दलले दाबी गर्ने गरेका भएपनि यस पटकको मन्त्री मण्डलमा भने दुई फरक पार्टीका मन्त्री एउटै विभागमा रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?