थारू बस्तीमा बरघर छान्ने चटारो

लोकपथ
21
Shares
{“caption”:”u0915u091eu094du091au0928u092au0941u0930u0915u094b u0935u0947u0926u0915u094bu091f u2013u096f u0932u093eu0932u092au0941u0930u092eu093e u0938u094bu092eu092cu093eu0930 u092cu0930u0918u0930 u091bu093eu0928u094du0928 u092du0947u0932u093e u092du090fu0915u093e u0938u094du0925u093eu0928u0940u092f u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

कञ्चनपुर । माघ लागेसँगै कञ्चनपुरमा थारू समुदायमा धमाधम बरघर तथा भलमन्सा छनोट गर्न थालिएको छ । माघीको दोस्रो दिनदेखि नै थारू बस्तीका स्थानीय भेला भएर बरघर तथा भलमन्सा छान्नमा व्यस्त छन् ।

‘माघीको पहिलो दिन नदी तलाउमा नुहाएपछि आशीर्वाद आदानप्रदानपछि अर्को दिनदेखि बरघर, भलमन्सा छान्ने गरिन्छ, अहिले हामी बरघर छान्नका लागि भेला भएर छलफल गरिरहेका छौँ,’ बेदकोट नगरपालिका–५ का सुरज चौधरीले भने, ‘टोल–टोल, गाउँ–गाउँमा बरघर/भलमन्सा छान्ने गरिन्छ ।’

उनका अनुसार गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने गरिन्छ । बरघररभलमन्साकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुने प्रचलन छ थारू समुदायमा छ । ‘माघी मनाएपछि बरघर छान्न सुरु भएको छ, यो प्रक्रिया एक हप्तासम्मै हुन्छ,’ बेदकोट नगरपालिका–५ का प्रदीप डंगौराले भने ।

थारू बस्तीमा माघी सकिएसँगै बरघररभलमन्सा छान्ने चटारो छ । बेदकोट नगरपालिका–७ स्थित मन्दिरपुरमा प्रेमबहादुर डंगौरा दोस्रो पटक बरघर छानिएका छन् । यो टोलमा ६२ परिवार छन् । उनीहरुले प्रेमबहादुरलाई बरघर छानेका हुन् । माघी सकिएको एक हप्तासम्म थारू बस्तीमा बरघर तथा भलमन्सा छान्ने चटारो हुने गरेको प्रेमबहादुर डंगौराले बताए ।

‘एक हप्तासम्म सबै गाउँटोलमा बरघर छनोट गरिसक्छन्,’ उनले भने, ‘परापूर्वकालदेखि चल्दै आएको चलन हो, हामीले पनि त्यसै अनुसार बरघर चयन गर्छौं ।’ माघी पर्वलाई थारू समुदाय सबैभन्दा ठूलो चाडपर्वका रुपमा लिन्छन् । माघीलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गरेको थारू अगुवा धिरेन्द्र डंगौराले बताए ।

बेदकोट नगरपालिकाको लालपुरका डगौरा बरघर पनि चयन भएको छ । ‘समुदायमा बरघर छानेजस्तै घरपरिवारमा पनि मूली छानिन्छ,’ उनले भने, ‘घरमा एक वर्षमा भएका कामको समीक्षासँगै आगामी कामको योजनासमेत बनाइन्छ ।’

यस्तै, थारू समुदायले घरमा पुरानै मूली बनाउने वा नयाँ मूली छान्ने भन्ने निक्र्यौल पनि माघीमै गर्छन् । माघी सकिएपछि वर्षभरिका कामको लेखाजोखासँगै टोल/गाउँमा बरघर छान्ने चलन थारू समुदायमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?